२०८३, कार्तिक १२ गते बिहीबार

फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती

फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती


  • मेरोभ्यूज
  • मंसिर १५, २०८१ शनिबार

  • फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती

    फुङ्लिङ,ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् ।

    ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो ।

    इटालीबाट आयात गरिएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवाले पहिलोपटक फल दिएका छन् । बिरुवामा फल लागेपछि किसानहरू उत्साहित भएका छन् ।

    मनाङ एग्रो फार्मको समन्वयमा बिरुवा ल्याएर परीक्षणका रूपमा रोपिएका र फल लागेकोमा दङ्ग छन् स्याउ किसान मिङ्मा शेर्पा । किसान शेर्पाले व्यावसायिकरूपमा स्याउखेत गर्न सकिने बताए ।

    फलेटार र घुन्सामा दुई रोपनी जग्गामा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ ।

    स्वीटजरल्याण्डको टोली, स्थानीय समुदाय र पुतली सहयोग योजना नामक संस्थाको साझेदारीमा नमूना स्याउ बगैँचामा दिगो पर्यावरणीय कृषि प्रणाली कार्याक्रमअन्तर्गत नमूना स्याउ बगैँचा सुरु गरेको पुतली सहयोग योजना संस्थाका जिल्ला कार्यक्रम संयोजक दावा छिरिङ शेर्पाले बताए ।

    शेर्पाका अनुसार परियोजनाले स्याउ उत्पादन मात्र नभएर अन्य कृषि उपजका माध्यमबाट किसानलाई आर्थिकरूपमा सशक्त बनाउन स्याउखेती गर्न थालिएको हो ।

    घुन्सा स्याउ नमूना बगैँचामा ६० वटा जापनिज फुजी (पोथी), दस वटा गोल्डेन डेलिसियस (भाले) र दस काला (भाले) प्रजातिका स्याउका बिरुवा फल्ने क्रममा रहेको संयोजक शेर्पाले बताए ।

    स्याउ बगैँचामा जैविक विविधता कायम गर्न पाँच घार मौरी र कुखुरापालन गरेको संस्थाले जनाएको छ ।

    फलेटार क्षेत्रमा रहेको नमूना स्याउ बगैँचामा उस्तै प्रकार स्याउका बिरुवा लगाइएको छ ।

    संस्थाले स्याउ बगैँचा हेरचारका लागि एक जना कृषि प्रविधिक राखेको छभने अन्य सहयोगीको समेत व्यवस्था गरेको छ ।

    स्याउखेतीको सम्भाव्यता अध्ययन गर्न फलेटार र घुन्साको माटो तीन वर्षअघि स्वीट्जरल्याण्डमा परीक्षण भएको थियो । यस वर्ष परीक्षणका रूपमा ४०/४० बिरुवा रोपिएको छ ।

    प्रारम्भिक नतिजाले स्याउखेती सफल हुने सङ्केत दिएको छ तर पूर्णरूपमा खेती सफल हुन तीन वर्षसम्मको परीक्षणलाई पर्खनुपर्ने पुतली सहयोग योजनाले जनाएको छ ।

    स्याउखेती गरिएका क्षेत्रमा कुखुरा र मौरीपालन गरिएको छ । कुखुराको मलले माटो उर्वर बनाउन सहयोग पुर्याएको छभने मौरीले स्याउका फूलको परागसेचनमा योगदान दिएको छ । तर हिउँदमा अत्यधिक चिसोका कारण मौरीपालनमा चुनौती छ ।


    प्रकाशित : शनिबार, मंसिर १५ २०८११०:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार