२०८३, कार्तिक १२ गते बिहीबार

राजनीतिक कोर्ष बदल्ने बेला आएको छ : अध्यक्ष दाहाल

राजनीतिक कोर्ष बदल्ने बेला आएको छ : अध्यक्ष दाहाल


  • मेरोभ्यूज
  • मंसिर २३, २०८१ आइतबार

  • राजनीतिक कोर्ष बदल्ने बेला आएको छ : अध्यक्ष दाहाल

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक कोर्ष बदल्नु पर्ने बेला आएको बताएको छ ।

    नेकपा (माओवादी केन्द्र) गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेको हो ।

    शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने उनले स्पष्ट पारे । आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै अध्यक्ष दाहालले अब त्यो बेला आएको बताए ।

    अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र साम्सद होइन बिज्ञ मन्त्री बन्ने व्यवस्थामा गएर मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा  व्यक्त गरे ।

    यसका आन्दोलन जरुरी रहेको र आन्दोलन गर्न माओवादी बलियो हुनु पर्नेमा उनको जोड थियो । अध्यक्ष दाहालले अरु दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमान्दार माओवादी नै रहेछ भन्ने जनतामा बोध हुँदै जानु निकै महत्त्वपूर्ण पक्ष रहेको बताए ।

    यस पटक बिरोधीहरुले माओवादी केन्द्रलाई जनतातर्फ फर्कने अवसर दिएको उल्लेख गर्दै उनले अब पार्टी जनतातर्फ फर्कन सुरु गरेको जानकारी दिए ।

    यसले देशभर सकारात्मक प्रभाव परेको र केही जिल्लामा ६४ कै अवस्था फर्कन थालेको र त्यसको परिणाम उपनिर्वाचनले देखाएको उनले स्पष्ट पारे । अझै मेहनत गरेर जाने हो भने देशैभरि यो अवस्था आउने उनले बताए ।

    अध्यक्ष प्रचण्डले विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने जानकारी दिए ।

    पार्टीको वैचारिक र नेतृत्वको केन्द्रिकरणले आगामी समाजवादी अभियान अघि बढाउन संभव हुने उल्लेख गर्दै उनले विभिन्न धारामा बाडिएका शक्तिबीचको एकतालाई जोड दिएर लैजानु पर्ने बताए ।

    जनयुद्धको तयारी, थालनी, सन्चालन हुँदै पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको उनले स्पष्ट पारे ।

    अध्यक्ष प्रचण्डले देशभर निरासा छाएको बेला २०७९ मा नौ वटा स्थानीय तह जितेर इतिहास बनाएको गोरखाले अहिले उपनिर्वाचनमा पनि हारेको ठाउँमा जितेर नयाँ इतिहास कायम गरेको बताए ।

    सो अवसरमा अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा गोरखा नगरपालिका ५ बाट निर्वाचित वडाध्यक्ष बिष्णु रानालाई सम्मान गरेको थियो ।


    प्रकाशित : आइतबार, मंसिर २३ २०८१०७:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार