२०८३, कार्तिक ११ गते बुधबार

राज्माखेतीमा ढुसीको सङ्क्रमण

राज्माखेतीमा ढुसीको सङ्क्रमण


  • मेरोभ्यूज
  • पौष ५, २०८१ शुक्रबार

  • राज्माखेतीमा ढुसीको सङ्क्रमण

    नारायणगढ, चितवन ।  जिल्लाको खैरहनी नगरपालिकामा लगाइएको राज्माखेतीमा ढुसीको सङ्क्रमण देखिएको छ ।

    खैरहनी नगरपालिका वडा नं ५, ६, १० र १३ मा जरा कुहिने, ओइलाउने रोग देखिएकामा रोगी बोटको नमूना खैरहनी नगरपालिकाको ल्याबमा कल्चर गरी अध्ययन गर्दा फ्युसारियम, पाइथ्यम र राइजोक्टोनियाजस्ता ढुसी देखिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

    पालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेका अनुसार किसानले बीउ रोपेको १५ देखि २० दिनमा राज्माको बोटमा ढुसीको सङ्क्रमण देखिएको हो । उनले भने, “किसानहरू राज्मामा रोग लाग्यो भनेर पालिका आएको छ ।

    हामीले खेतबाट नमूना ल्याई ल्याबमा कल्चर गरी अध्ययन गर्दा राज्मामा ढुसी देखिएको पाइयो ।” हाल देखिएको ढुसीको समयमा उपचार गरेमा उत्पादनमा कुनै असुर नगर्ने न्यौपानेले बताए । उनले विज्ञको परामर्श लिएर उपचार गर्न किसानलाई सुझाव दिइएको बताउनुभयो ।

    अधिकृत न्यौपानेले ढुसीको सङ्क्रमण मुख्यतः सङ्क्रमित बीउ, माटो र हावापानीका कारणले हुने बताए । खेती लगाउँदा राम्रोसँग बीउको उपचार गरेर मात्र लगाउन उनको आग्रह छ ।

    हाल ढुसी पहिचान भएको बालीमा सरसफाइ गरी बेलुका वा शीतल समयमा ‘ट्राइकोड्रमा’ वा ‘स्युडोमोनस’ जैविक विषादी ५–१० ग्राम प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्ने र यदि रासायनिक विषादी प्रयोग गर्ने भएमा ‘कार्वेडाजिम’ ५० प्रतिशत ‘डब्लुपी’ विषादी एक ग्राम प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्न सकिने उनले जानकारी दिए ।


    प्रकाशित : शुक्रबार, पौष ५ २०८११०:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार