२०८३, कार्तिक ११ गते बुधबार

माओवादी महाधिवेशन
माओवादी केन्द्रमा कोको भए केन्द्रीय सदस्य (सूचीसहित)

माओवादी केन्द्रमा कोको भए केन्द्रीय सदस्य (सूचीसहित)

पदाधिकारी केन्द्रीय समितिले छान्ने, साेमबार केन्द्रीय समितिकाे पहिलाे बैठक बस्ने


  • मेरोभ्यूज
  • पौष १८, २०७८ आइतबार

  • माओवादी केन्द्रमा कोको भए केन्द्रीय सदस्य (सूचीसहित)

    काठमाडाैं । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका हुन्।

    माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ । यस्तै, माओवादीको पदाधिकारी १५ सदस्यीय हुने व्यवस्था गरिएको छ । भाेलि बस्ने केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंग्याउने माओवादीकाे तयारी छ ।

    प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य चुनिनुपर्ने भएपनि प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका हुन् ।

    बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रस्तुत गरेकाे नामलाई ध्वनीमतका आधारमा निर्वाचित गरिएको हो । केन्द्रीय सदस्यको घोषणा गर्दै माओवादीको महाधिवेशन आज सम्पन्न भएको हो । आज घोषणा गरिएका १४५ खुल्ला केन्द्रीय सदस्यमध्ये १११ को विवरण सार्वजनिक भएको छ । त्यसमा बाँकी रहेका ३४ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ ।

    यस्तै, विभिन्न जाती, क्षेत्र तथा समुदायका तर्फबाट अर्थात् समानुपातिक तर्फबाट १२५ को नाम घोषणा गरिएको छ । समानुपातिकतर्फ २९ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने विधानले व्यवस्था गरेको छ । खुल्ला केन्द्रीय सदस्य बन्दशत्रले पारित गरेको खुला केन्द्रीय सदस्यको सूचीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २३औँ नम्बरमा समेटिएका छन् । 

    केन्द्रीय सदस्यकाे सूची हेर्नुहाेस्:


    प्रकाशित : आइतबार, पौष १८ २०७८०६:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार