२०८३, कार्तिक १३ गते शुक्रबार

पछिल्लो छ महिनामा साढे १५ सय फरार प्रतिवादी पक्राउ

पछिल्लो छ महिनामा साढे १५ सय फरार प्रतिवादी पक्राउ


  • मेरोभ्यूज
  • पौष १९, २०८१ शुक्रबार

  • पछिल्लो छ महिनामा साढे १५ सय फरार प्रतिवादी पक्राउ

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चालु आर्थिक वर्ष २०८१÷८२ को हालसम्म एक हजार पाँच सय ४८ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको छ ।

    फरार प्रतिवदाी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको काठमाडौं प्रहरीले पुस महिनाको हालसम्म मात्रै पाँच सय २५ जनालाई पक्राउ गरेको छ ।

    बिहीबार मात्रै ६२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    काठमाडौं प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ४८, कात्तिकमा एक सय तीन र मङ्सिर महिनामा दुई सय आठ जना फरार प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरेका थिए ।

    फैसला कार्यान्वयनअन्तर्गत पक्राउ परेकाहरुलाई प्रहरीले अदालत पेस गर्ने र अदालतबाट कारागार चलान हुने गरेको छ ।

    विभिन्न कसुरमा अदालतले दोषी ठहर गरी फरार भएका उनीहरुविरुद्ध रु चार करोड ८० लाख ११ हजार दुई सय ९९ जरिवाना र एक सय ३२ वर्ष एक महिना २३ दिन कैद फैसला भएको छ ।

    प्रहरीले विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भइ फरार भएका व्यक्ति लुकिछिपी बसिरहेको जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन पनि आह्वान गरेको छ ।


    प्रकाशित : शुक्रबार, पौष १९ २०८१११:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार