काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ । बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले मङ्गलबार दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराए । बैठक आजै सकिनेछ ।

