२०८३, कार्तिक १३ गते शुक्रबार

वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने पक्राउ

वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने पक्राउ


  • मेरोभ्यूज
  • माघ ४, २०८१ शुक्रबार

  • वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने पक्राउ

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उहाँमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको छ । 

    निजलाई ज्यान मार्ने उद्योग कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाठौँका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । 

    सो दिन अदालतबाट वहस सम्पन्न गरी सडक पार गर्ने क्रममा कुटपिट भएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो । उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


    प्रकाशित : शुक्रबार, माघ ४ २०८१०९:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार