घोराही । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठन-पाठनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा अध्यक्ष दाहालले यस्तो धारणा राखेको हो ।
शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गर्दै उनले शिक्षालाई सीप र सीपलाई जीवनसँग जोड्नु पर्ने बताए ।
त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठन-पाठन गरे प्रभावकारी हुने अध्यक्ष दाहालले शिक्षालय परिवारलाई आग्रह गरे ।
सहिद कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेन कवि र पत्रकार मात्र नभइ देशकै आदर्श र प्रतीक भएको नेपाली समाजमा स्थापित भइसकेको बताए ।

