२०८३, कार्तिक १३ गते शुक्रबार

जलजला गाउँपालिका कुवापानीको कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार

जलजला गाउँपालिका कुवापानीको कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार


  • मेरोभ्यूज
  • माघ १८, २०८१ शुक्रबार

  • जलजला गाउँपालिका कुवापानीको कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार

    पर्वत । जिल्लाको जलजला गाउँपालिका-५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ ।

    स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो ।

    दिउँसो पसेको चितुवालाई बुधबार बिहानमात्र नियन्त्रणमा लिन सफल भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।

    पोखराबाट आएका वन्यजन्तु उद्धार टोलीले कार्यालयका वन अधिकृत रामबहादुर विकको नेतृत्वमा चितुवालाई जीवितै उद्धार गरी नियन्त्रणमा लिइएको जानकारी दिए । साँझ फार्ममा पुगेको उक्त टोलीले रातभर प्रयास गरेपछि बिहान उद्धार गरेको उनले बताए ।

    उद्धार गरिएको चितुवालाई सुरक्षित स्थानमा लगेर छाडिने वन अधिकृत विकले उल्लेख गरे । चितुवा ४० किलो तौलको छ भने करिब सात वर्ष हुनसक्ने उनले अनुमान गरे ।

    फार्म भित्र पसेर चितुवाले ३० वटा कालिज मारेको छ भने सयौँ कालिज चितुवा पस्ने बेला जालीबाट भागेको कृषक पुनले जानकारी दिए । उनका अनुसार चितुवाको आक्रमणबाट करिब रु सात लाखको क्षति भएको छ ।

    जलजला-५ का वडाध्यक्ष तिलकबहादुर जिसीले करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको कृषि फार्ममा लगाइएको सात फिट उचाइको तारजाली पार गरेर चितुवाले कालिजमाथि आक्रमण गरेको बताए ।


    प्रकाशित : शुक्रबार, माघ १८ २०८११०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार