२०८३, कार्तिक ११ गते बुधबार

छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो


  • मेरोभ्यूज
  • आश्विन २३, २०८२ बिहीबार

  • छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

     

    बागलुङ । यस वर्ष बागलुङबाट रु. ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले आर्थिक वर्ष २०८१/०८२ मा रु. ५४ लाख ८८ हजार दुई सय ४० बराबरको निर्यात गरेको सङ्घका अध्यक्ष दिपक गौतमले बताए ।

    अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने गरेको छ । अमेरिकामा कुकुरको मुख्य खानाका रूपमा रहेको छुर्पी नेपालबाट ठूलो मात्रामा निर्यात हुने गरेको छ ।

    आ.व. २०८०/०८१ रु. ३८ लाख ५४ हजार बराबरको छुर्पी बिक्री गरेको सहकारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष रु. १६ लाखभन्दा बढीको छुर्पी बिक्री गरेको छ ।

    दुग्ध सहकारीले यस वर्ष रु. दस करोड ९९ लाख १७ हजार आठ सय ५५ बराबरको दूध र दुग्धजन्य वस्तुको कारोबार गरेको छ ।

    उनका अनुसार सहकारीबाट दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवाको उत्पादन हुँदै आएको छ ।

    त्यसमध्ये अन्तरराष्ट्रिय बजारमा सहकारीको छुर्पीको माग उच्च छ । छुर्पीको माग बढेपछि सङ्घले एक वर्षमा रु. १६ लाखको छुर्पी उत्पादनमा वृद्धि गरेको हो ।

    दुग्ध सहकारी सङ्घले बागलुङका १५ सहकारी संस्थाको दूध सङ्कलन गरेर दूध र दुग्धजन्य वस्तुको बिक्री गर्दै आएका छन् ।

    जसमा एक हजार पाच सय भन्दा बढी किसान आबद्ध छन् । हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो रु. एक हजार दुई सयमा बिक्री गर्दै आएको छ ।

    सहकारीमा आबद्ध किसानले दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकोले हौसला मिलेको बताएका छन् ।

    सहकारी सङ्घमा १७ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घर-घरमै लगेर बिक्री गर्ने गरेको अध्यक्ष गौतमले बताए ।

    यस्तै आ.व. २०७९/०८० मा रु. २९ लाखको छुर्पी निर्यात गर्न सफल भएको थियो ।


    प्रकाशित : बिहीबार , आश्विन २३ २०८२११:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार