२०८३, कार्तिक ११ गते बुधबार

लक्ष्यभन्दा बढी बाख्रा उत्पादन

लक्ष्यभन्दा बढी बाख्रा उत्पादन


  • मेरोभ्यूज
  • आश्विन २३, २०८२ बिहीबार

  • लक्ष्यभन्दा बढी बाख्रा उत्पादन

     

    तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले प्रत्येक वर्ष लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै आएको छ । केन्द्रले खरी, जमुनपारि, सिन्हाल, शुद्ध बोर, बोर क्रस प्रजातिका बाख्रा लक्ष्यभन्दा बढी उत्पादन गरेको छ ।

    कार्यालयका वरिष्ठ कृषि अधिकृत बुद्धिराम आचार्यका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा खरी बाख्रा ३४ उत्पादन गर्ने लक्ष्य राखिएकोमा ५४ उत्पादन भएको छ ।

    त्यस्तै, सिन्हाल छ उत्पादन गर्ने लक्ष्य राखिएकोमा ११, जमुनापारि क्रस तीन उत्पादन गर्ने लक्ष्य रहेकोमा पाँच, शुद्ध बोर ८० उत्पादन गर्ने लक्ष्य राखिएकोमा एक सय नौ र बोर क्रस एक सय ७३ उत्पादन गर्ने लक्ष्य राखिएकोमा दुई सय दुई उत्पादन भएको छ ।

    आचार्यका अनुसार शुद्ध सानन १५ उत्पादन गर्ने लक्ष्य रहेकोमा १३, सानन क्रस ३३ उत्पादन गर्ने लक्ष्य रहेकोमा ३७ उत्पादन भएको छ ।

    केन्द्रले गत आर्थिक वर्ष २०८०/०८१ मा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकोमा ७० खरी बाख्रा उत्पादन गरेको थियो ।

    केन्द्रले त्यस वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकोमा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य राखिएकोमा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकोमा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकोमा ५९, बोर क्रसका एक सय ७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकोमा एक सय ५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकोमा २५ र सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकोमा ६६ पाठापाठी उत्पादन भएको जनाएको छ ।

    यस्तै, केन्द्रले आर्थिक वर्ष २०८१/०८२ मा सानन दूध दुई हजार लिटर उत्पादन लक्ष्य राखेकोमा तीन हजार एक सय १४, सानन चिज दुई सय किलो उत्पादन लक्ष्य राखेकोमा तीन सय २८ किलो उत्पादन गरेको आचार्यले जानकारी दिए ।

    केन्द्रमा उत्पादित बाख्रा नेपालका अधिकांश जिल्लामा वितरण हुने गरेको छ ।

    बाख्राको अनुसन्धानका लागि विभिन्न जिल्लामा स्रोत केन्द्र स्थापना गरिएको छ ।

    तनहुँको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् ।

    केन्द्रमा बाख्रालाई चरिचरनको घाँसहरूमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ ।

    त्यस्तै, हिउँद तथा सुक्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ ।

    त्यसका लागि सरपानी तथा आले गाउँमा जमिन सम्याइ घाँस लगाइएको छ ।

    कुल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राका लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायोलगायतका घाँस खुवाउने गरिएको छ ।


    प्रकाशित : बिहीबार , आश्विन २३ २०८२१०:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार