२०८३, कार्तिक १२ गते बिहीबार

जयराज लिम्बुसहित सयौं जना माओवादी केन्द्रमा प्रवेश

जयराज लिम्बुसहित सयौं जना माओवादी केन्द्रमा प्रवेश


  • मेरोभ्यूज
  • फाल्गुण १४, २०८१ बुधबार

  • जयराज लिम्बुसहित सयौं जना माओवादी केन्द्रमा प्रवेश

    मोरङ । मोरङको कानेपोखरीमा मंगलबार लामो समयसम्म नेपाली कांग्रेसमा योगदान गरेका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । लामो समय कांग्रेसमा योगदान गरेका लिम्बु गत २०७९ को निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए ।

    जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनीहरुलाई पार्टी प्रवेश गराएको हो ।

    कानेपोखरी गाउँपालिकाबाट मात्रै नौ सय र अन्य पालिकाबाट गरी एक हजार बढी प्रवेश गरेको र प्रवेश गर्ने अधिकांश एमाले कार्यकर्ता रहेको माओवादी केन्द्र मोरङले जनाएका छन् ।

    पार्टी प्रवेश गर्दै लिम्बुले आगामी निर्वाचनमा माओवादीको पक्षमा दुई तिहाइ बहुमत ल्याएर कोशी प्रदेशको नाम खारेज गरेर पहिचान स्थापित गर्न आफू माओवादी केन्द्रमा प्रवेश गरेको । अब माओवादीलाई पहिचान पक्षधरको छाता पार्टी बनाउन योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


    प्रकाशित : बुधबार, फाल्गुण १४ २०८११२:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार