२०८३, कार्तिक १३ गते शुक्रबार

बर्जु तालको संरक्षण र विकासका लागि अध्यक्ष प्रचण्डसँग माग

बर्जु तालको संरक्षण र विकासका लागि अध्यक्ष प्रचण्डसँग माग


  • मेरोभ्यूज
  • फाल्गुण १५, २०८१ बिहीबार

  • बर्जु तालको संरक्षण र विकासका लागि अध्यक्ष प्रचण्डसँग माग

    सुनसरी । चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समिति सुनसरीले पूर्वी नेपालकै ठूलो मध्येको एक बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह गरेका छन् ।

    जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा तालको अवलोकन गर्ने क्रममा समितिले यस्तो धारणा राखेको हो ।

    कुनै बेला तीन सय बिघामा फैलिएको ताल २०२५ सालको सर्वे नापीपछि १५२ बिघा कायम भएको र तालको जग्गा हत्याउन सकिन्छ कि भनेर भूमाफियाहरु लाग्ने गरेकाले यसको संरक्षण र विकासका ध्यान दिन समितिले आग्रह गरेको छ ।

    भारतको बिहारबाट दश किलोमिटर नजिक रहेको ताललाई पर्यटकीयस्थल बनाउन सके भारतबाट पनि पर्यटक आउन सक्ने र माछा पालनबाट वर्षेनी ६/७ करोडको आयआर्जन गर्न सकिने सम्भावना रहेकाले आवश्यक बजेटको व्यवस्था गरिदिन समितिले अनुरोध गरेको छ ।

    ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले पर्यटन विकास, पर्यावरण संरक्षण र स्थानीय रोजगारी विकास गर्नको बर्जु ताल सिमसार विकास तथा संरक्षणका लागि पार्टीले पहल गर्ने जानकारी दिए । 


    प्रकाशित : बिहीबार , फाल्गुण १५ २०८११०:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार