२०८३, कार्तिक ११ गते बुधबार

एमाले निकट खेलकूद महासङ्घका अध्यक्षसहित नेताकार्यकर्ताहरू माओवादी प्रवेश

एमाले निकट खेलकूद महासङ्घका अध्यक्षसहित नेताकार्यकर्ताहरू माओवादी प्रवेश


  • मेरोभ्यूज
  • फाल्गुण १५, २०८१ बिहीबार

  • एमाले निकट खेलकूद महासङ्घका अध्यक्षसहित नेताकार्यकर्ताहरू माओवादी प्रवेश

    सुनसरी । नेकपा एमाले निकट खेलकूद महासङ्घ सुनसरीका अध्यक्ष पुष्कर कार्कीसहित विभिन्न दलका नेताकार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिस, लायन्स क्लबलगायत सङ्घ/संस्थाको नेतृत्व तहमा रहेका छन् ।

    जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेको हो । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत पदाधिकारीले स्वागत गरेका थिए ।

    पार्टी प्रवेश गर्ने अन्य नेताकार्यकर्ताहरुमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीब चौधरी, एमाले गढी गाउँपालिका-६ का इन्चार्ज चितनारायन खेरवारलगायत रहेका छन् ।


    प्रकाशित : बिहीबार , फाल्गुण १५ २०८११०:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार