२०८३, कार्तिक १२ गते बिहीबार

वडा अध्यक्षका प्रत्यासीसहित कांग्रेसका एक सय बढी माओवादी केन्द्रमा प्रवेश

वडा अध्यक्षका प्रत्यासीसहित कांग्रेसका एक सय बढी माओवादी केन्द्रमा प्रवेश


  • मेरोभ्यूज
  • फाल्गुण १७, २०८१ शनिबार

  • वडा अध्यक्षका प्रत्यासीसहित कांग्रेसका एक सय बढी माओवादी केन्द्रमा प्रवेश

    सिरहा । गत स्थानीय निर्वाचनमा सिरहाको औरही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका प्रत्यासी गंगाराम यादवसहित एक सय बढी कांग्रेसका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानका क्रममा औरही-४ इटाटारमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नवप्रवेशीलाई स्वागत गरेको हो ।

    गत स्थानीय निर्वाचनमा यो वडा माओवादी केन्द्रले जितेको थियो भने कांग्रेस दोस्रो भएको थियो । आज माओवादी केन्द्र प्रवेश गरेका यादवले उक्त निर्वाचनमा ५२५ मत प्राप्त गरेका थिए । यो वडा यादव समुदायको बाहुल्यता भएको वस्ती हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताए ।

    लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए ।


    प्रकाशित : शनिबार, फाल्गुण १७ २०८११०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार