२०८३, कार्तिक १२ गते बिहीबार

‘सामाजिक सुरक्षा कोषमा सूचीकृत आनाकानी गर्ने प्रवृति स्वीकार्य छैन्’

‘सामाजिक सुरक्षा कोषमा सूचीकृत आनाकानी गर्ने प्रवृति स्वीकार्य छैन्’


  • मेरोभ्यूज
  • पौष २२, २०७८ बिहीबार

  • ‘सामाजिक सुरक्षा कोषमा सूचीकृत आनाकानी गर्ने प्रवृति स्वीकार्य छैन्’

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै रोजगारदाता र श्रमिकलाई योगादानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन आग्रह गरेका छन्। संयुक्त ट्रेड  युनियन समन्वय केन्द्र (जेटियुसिसी)को पाँचौं श्रम संसदलाई आज सम्बोधन गर्दै उनले स्वरोजगार, अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराउने तयारी भइरहेको बताए ।

    “अब सबै प्रतिष्ठान र श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आवश्यक छ”, मन्त्री श्रेष्ठले भने, “यसमा सबै श्रमिक र रोजगारदाताको सहयोग र अग्रसरताको अपेक्षा सरकारले गरेको छ ।”

    श्रम कानून कार्यान्वयन गर्दा आफूलाई फाइदा हुने विषयमा लाभ लिइहाल्ने तर दायित्वबाट पन्छिने प्रवृति पनि देखिन थालेको मन्त्री श्रेष्ठको भनाइ थियो । “श्रम ऐनको दफा ४५ लाई देखाएर श्रमिकलाई रोजगारीबाट हटाउने तर सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने विषयमा आनाकानी गर्ने प्रवृति अस्वीकार्य छ”, उनले भने ।

    बेरोजगारी समस्या समाधान गर्न सरकार स्वदेशमै रोजगारी सिर्जना गर्न केन्द्रित भएको उनको भनाइ थियो । श्रम प्रशासनलाई प्रभावकारी बनाउने, श्रम अडिट, कारखाना निरीक्षण, सेवा प्रवाहमा सरलता ल्याउने प्रभावकारी रुपमा काम अघि बढाएको भन्दै उनले श्रम तथा रोजगार कार्यालयलाई स्रोत साधनको कमि हुन नदिइने प्रतिबद्धता जनाए ।

    वैदेशिक रोजगारीलाई सरल, सहज बनाउने र विकृतिको अन्त्य गर्न सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाउन लागिपरेको उनले बताए । सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउने दिशातर्फ  काम अघि बढिसकेको मन्त्री श्रेष्ठको भनाइ छ । 


    प्रकाशित : बिहीबार , पौष २२ २०७८०९:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार