२०८३, कार्तिक १३ गते शुक्रबार

रौतहटमा तीन सय जना माओवादी केन्द्रमा प्रवेश

रौतहटमा तीन सय जना माओवादी केन्द्रमा प्रवेश


  • मेरोभ्यूज
  • फाल्गुण २४, २०८१ शनिबार

  • रौतहटमा तीन सय जना माओवादी केन्द्रमा प्रवेश

    रौतहट । रौतहटमा विभिन्न पार्टी परित्याग गरी तीन सय जना बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानका क्रममा गडीमाइ नगरपालिका-९ मलाहीटोलमा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरेका थिए ।

    एमाले चन्द्रपुर नगर उपाध्यक्ष एवं तामाङ लोकतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष लालबहादुर दोङ, आजपा केन्द्रीय सदस्य अरुण पासवान, कांग्रेसका बली सहनीको नेतृत्वमा उनीहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

    अभियानअन्तर्गत शनिबार रौतहटको लौकाहमा सभा हुँदैछ भने जिल्लाका अन्य विभिन्न स्थानमा जनभेटघाट कार्यक्रम रहेका छन् ।


    प्रकाशित : शनिबार, फाल्गुण २४ २०८१०९:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार