२०८३, कार्तिक १३ गते शुक्रबार

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, काे कहाँ पुगे ?

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, काे कहाँ पुगे ?


  • मेरोभ्यूज
  • पौष २३, २०७८ शुक्रबार

  • नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, काे कहाँ पुगे ?

    काठमाडाैं । नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो ।

    एसएसपीको सरुवासँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध महाशाखाको प्रमुख फेरिएका छन् । ट्राफिक महाशाखामा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान महाशाखामा कार्यरत उमेशराज जोशी र अपराध महाशाखामा प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरलाई सरुवा गरिएको छ ।

    यसअघि ट्राफिक महाशाखामा कार्यरत जनक भट्टराईलाई नेपाल प्रहरी प्रदेश कार्यालय रुपन्देही र अपराध महाशाखामा कार्यरत चन्द्रकुवेर खापुङलाई अपराध अनुसन्धान महाशाखा नक्साल सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले जनाएको छ ।

    यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी प्रधान कार्यालय महिला तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा कार्यरत भीमप्रसाद ढकालको सरुवा गरिएको छ । विमानस्थलमा कार्यरत राजेशनाथ बाँस्तोलालाई भने प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    यस्तै प्रदेश कार्यालय, तालिम केन्द्रमा कार्यरत एसएसपीको पनि सरुवा गरिएको छ ।

    ssp23-1.jpgssp23-2.jpgssp23-3.jpgssp23-4.jpg

     


    प्रकाशित : शुक्रबार, पौष २३ २०७८०९:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार