२०८३, कार्तिक १३ गते शुक्रबार

अनलाइनमार्फत गैरकानूनी कार्य भएमा कारबाही गर्ने गृहमन्त्रालयकाे चेतावनी

अनलाइनमार्फत गैरकानूनी कार्य भएमा कारबाही गर्ने गृहमन्त्रालयकाे चेतावनी


  • मेरोभ्यूज
  • पौष २३, २०७८ शुक्रबार

  • अनलाइनमार्फत गैरकानूनी कार्य भएमा कारबाही गर्ने गृहमन्त्रालयकाे चेतावनी

    काठमाडाैं । गृह मन्त्रालयले आर्थिक लाभ पुर्‍याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानूनी कार्य फष्टाएको भन्दै यस्ता कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ ।

    यस्ता क्रियाकलापबाट ठगी र असुरक्षाको वातावरण सिर्जना भएको गुनासो प्राप्त भएका जनाउँदै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ ।

    मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा गाउँ/समाजमा नेटवर्किङ व्यवसाय, अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, बीमा, गेमिङजस्ता गैरकानुनी कार्य फष्टाउँदै गएकाले इजाजत प्राप्त बाहेकका क्रियाकलापको निगरानी र नियन्त्रणको कार्य जारी रहेको जनाइएको छ ।

    सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिइ अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता गतिविधि भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

     


    प्रकाशित : शुक्रबार, पौष २३ २०७८०७:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार