२०८३, कार्तिक ११ गते बुधबार

संसद्काे गत्याराेध अन्त्यका लागि एमालेसँग संवाद गर्न प्रधानमन्त्री देउवालाई गठबन्धनका शीर्ष नेताकाे आग्रह

संसद्काे गत्याराेध अन्त्यका लागि एमालेसँग संवाद गर्न प्रधानमन्त्री देउवालाई गठबन्धनका शीर्ष नेताकाे आग्रह


  • मेरोभ्यूज
  • पौष २३, २०७८ शुक्रबार

  • संसद्काे गत्याराेध अन्त्यका लागि एमालेसँग संवाद गर्न प्रधानमन्त्री देउवालाई गठबन्धनका शीर्ष नेताकाे आग्रह

    काठमाडाैं । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थप पहल गर्न आग्रह गरेका छन् ।

    सत्तारुढ पाँच दलीय गठबन्धन दलका शीर्ष नेताको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संसद् अवरोध हटाउने बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिए ।

    बैठकमा नेताहरुले प्रधानमन्त्री देउवालाई प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संसद् गतिरोध अन्त्य गर्ने सम्बन्धमा संवाद गर्न सुझाउनुभएको उनले बताए।

    एमाले अध्यक्ष ओलीसँगको संवादपछि हुने प्रतिक्रियाका बारेमा गठबन्धन दलको बैठकमा थप छलफल गरेर अघि बढ्ने बैठकमा सहमति भएको छ । एमालेले आफ्ना केही माग राखेर संसद्को चालु अधिवेशनको प्रारम्भदेखि नै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

    बैठकमा आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारलार्ई विजयी गराउने सम्बन्धमासमेतमा छलफल भएको थियो । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन दलले साझा उम्मेदवार तय गरी उम्मेदवारको मनोनयनपत्र दर्ता गराइसकेका छन् ।

    बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए ।


    प्रकाशित : शुक्रबार, पौष २३ २०७८०७:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार