२०८३, कार्तिक १२ गते बिहीबार

मध्यपहाडी लोकमार्ग अभियान कर्णाली प्रवेश, राकममा जनसम्वाद

मध्यपहाडी लोकमार्ग अभियान कर्णाली प्रवेश, राकममा जनसम्वाद


  • मेरोभ्यूज
  • जेठ १०, २०८२ शनिबार

  • मध्यपहाडी लोकमार्ग अभियान कर्णाली प्रवेश, राकममा जनसम्वाद

    दैलेख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सञ्चालित मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ । प्रवेशसँगै पहिलो कार्यक्रमका रूपमा सुर्खेतको राकम कर्णालीमा जनसम्वाद सम्पन्न भएको छ ।

    सुदूरपश्चिमको बैतडी, पाटनबाट सुरु गरिएको अभियान अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी राकम कर्णालीमा प्रवेश गरेको हो ।

    राकममा सम्पन्न जनसम्वाद कार्यक्रममा अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्ध सुदृढ गर्न, सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचार विरुद्ध आवश्यकता परे नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए ।

    उनले भने - मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको हो । मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल होइन, यो अभियान सामाजिक रूपान्तरणको अभियानसँग जोडिएको छ ।

    सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचार विरुद्ध दृढताका साथ संघर्ष गरेको र अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता भएको अध्यक्ष दाहालले जानकारी दिए ।

    यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाएको उनले बताए ।

    गरिब, किसान, मजदूर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपाङ्ग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाएको छ अध्यक्ष प्रचण्डले भने ।

    कृषकहरूको मल र बीउको समस्या कसरी समाधान गर्ने, स्थानीय तहबाट समाजवाद निर्माणको पहल कसरी लिने र स्थानीय अर्थतन्त्र कसरी मजबुत बनाउने भन्ने विषयमा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय सरकारहरूलाई नीतिगतरूपमा काम गर्न निर्देशन दिइसकेको जानकारी दिँदै स्थानीयतालाई सरक्षण र प्रवर्द्वन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै रहेको उनले बताए । त्यसैले यो अभियानमा साथ दिन अपीलसमेत गरे ।


    प्रकाशित : शनिबार, जेठ १० २०८२०८:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार