२०८३, कार्तिक १३ गते शुक्रबार

विदेशबाट फर्किएर मौरीपालन

विदेशबाट फर्किएर मौरीपालन


  • मेरोभ्यूज
  • जेठ १९, २०८२ सोमबार

  • विदेशबाट फर्किएर मौरीपालन

    चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन छन् । विगत छ वर्षदेखि उनी मौरीपालन व्यवसायमा लागेको हो ।

    राप्ती–५ का मोक्तान सन् २०१५ मा विदेश गएर सोचे जस्तो राम्रो नभएपछि नेपाल फर्केको र उनी नेपाल आएर मौरीपालन व्यवसायमा लागेको हो । उनले करिब २५ घारबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले एक सय ३५ घार पुर्याएको छ । विदेशमा भन्दा काम गर्न सके नेपालमा नै राम्रो गर्न सकिन्छ भन्ने सोचका साथ उनले यो व्यवसाय सुरु गरेको हो ।

    उनले भने, “अहिले पनि कहिले काहीँ कमाउनका लागि विदेश जाउँकी भन्ने भान भए पनि नेपालमा नै कमाउन सकिन्छ भन्ने भएर यो व्यवसाय सुरु गरेको हुँ ।”

    परिवारले सामान्यरुपमा गर्दै आएको व्यवसायलाई नै सशक्त बनाएर उनले व्यावसायिकरुपमा मौरीपालन गरेको छ । आरकेएम पशुपंक्षी कृषि फर्म दर्ता गरेर उनले मौरीपालन व्यवसाय सुरु गरेको हो ।

    उनले भने, “नेपालमा केही गर्न सकिन्छ भन्ने युवापुस्तालाई देखाउनका लागि कृषि कर्ममा लागेको हुँ ।”

    मौरीपालन गर्दा चरनको समस्या हुने गरेको भए पनि त्यसलाई सामना गर्दै अघि बढेको उनले बताए ।

    चरनमा लैजाँदा सामुदायिक वनलाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । मौरीले कसैलाई पनि असर नगर्ने भए पनि सामुदायिक वन तथा समुदायले शुल्क लिने चलन हटाउन सके मौरीपालन गर्ने किसानलाई सहज हुने उनको भनाइ छ ।

    आफ्नो ससुरा बाले गरेको देखेर उत्साहित भएर मौरीपालन गर्न सुरु गरेका मुक्तानले अहिले वार्षिक एक हजार नौ सय ५० किलो मह उत्पादन गर्दै आएको छ ।

    घारलाई बढाएर एक सय ५० पुर्याउने योजना रहेको छ । सुरुवातमा व्यवसायमा सोचे जस्तो नहुँदा निराश भएका मुक्तानलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले वीस घार र कृषि विकास कार्यालयले कृषि उद्यमशीलता कार्यक्रमअन्तर्गत ९० घार सहयोग गरेपछि उनले मौरीपालन व्यवसायलाई अझै प्रभावकारी रुपमा अघि बढाएको छ ।

    जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले विदेश जाने योजना बनाएका वा विदेशबाट फर्किएका युवालाई कृषि कर्ममा लगाउन सके आयातलाई प्रतिस्थापन गर्न सकिने भएकाले कार्यक्रमअन्तर्गत युवाहरुलाई समेटिएको बताए ।


    प्रकाशित : सोमबार, जेठ १९ २०८२०८:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार