२०८३, कार्तिक १२ गते बिहीबार

राष्ट्रियसभा निर्वाचन : आजदेखि क-कसलाई लाग्छ आचारसंहिता ?

राष्ट्रियसभा निर्वाचन : आजदेखि क-कसलाई लाग्छ आचारसंहिता ?


  • मेरोभ्यूज
  • पौष २६, २०७८ सोमबार

  • राष्ट्रियसभा निर्वाचन : आजदेखि क-कसलाई लाग्छ आचारसंहिता ?

    काठमाडाैं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न आजदेखि निर्वाचन आचारसंहिता लागू भएकाे छ । निर्वाचन आचारसंहिता, २०७२ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ ।

    आचारसंहिता पालना सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्न/गराउन सम्पूर्ण सरोकारवालामा निर्देश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उक्त निर्वाचन आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ ।

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठनलाई समेत आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

    उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पदधारण गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था र नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ ।


    प्रकाशित : सोमबार, पौष २६ २०७८०८:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार