पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो सम्मेलनको उद्घाटन समारोहमा नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापाको नेतृत्वमा १४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए ।

