२०८३, कार्तिक ११ गते बुधबार

सिप सिकेर उद्यम

सिप सिकेर उद्यम


  • मेरोभ्यूज
  • आषाढ ६, २०८२ शुक्रबार

  • सिप सिकेर उद्यम

    कञ्चनपुर । पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार भएको छ । उनले महिनामै रु. ६० हजार बढीको कारोबार गर्छिन् । खर्च कटाएर रु. ३० हजारसम्म आम्दानी हुने गरेको छ ।

    विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नु पर्यो । बेरोजगार भयो तर खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन । भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो । त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन् ।

    फेरि ऋण त लिने तर कुन प्रयोजनका लागि लिने भन्नेबारे द्वविधा उत्पन्न भयो । त्यही बेला हो प्रविधिले गरिखाने बाटो देखाउन सघाएको । “इन्टरनेट चलाउँथे, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिका बारेमा र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें । केक, पेष्टी र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निर्क्यौल गरी व्यवसाय सुरु गरेँ”, चन्दले सुनाइन् ।

    रु. एक लाखबाट सुरु गरिएको व्यवसायबाट उनले हाल रु. पाँच लाखको सामान थपेकी छिन् । युट्युबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिए ।

    ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, सङ्घ/संस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले उल्लेख गरिन् ।

    बेकरी सामानबाहेक उनले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छिन् । भविष्यका लागि भनेर उनले मासिक रु. आठ हजार जति सहकारीमै बचत गर्दै आएकी छिन् । “घरको खर्च पसलकै कमाइले धानिएको छ । छोरीलाई पसलकै कमाइबाटै पढाउन थालेकी छु”, चन्दले भनिन् ।


    प्रकाशित : शुक्रबार, आषाढ ६ २०८२०९:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार