२०८३, कार्तिक ११ गते बुधबार

रु. छ करोडमा अस्पताल भवन निर्माण

रु. छ करोडमा अस्पताल भवन निर्माण


  • मेरोभ्यूज
  • भाद्र ७, २०८२ शनिबार

  • रु. छ करोडमा अस्पताल भवन निर्माण

     

    म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा रु. छ करोडको लागतमा अस्पताल भवन निर्माण भएको छ । सघन शहरी विकास तथा भवन आयोजनाले पाँच शैय्याको अस्पताल भवन निर्माण गरेको हो ।

    वडाध्यक्ष मइलन पुनका अनुसार औलामा रहेको स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेपछि नयाँ भवन निर्माण गरिएको हो ।

    नयाँ भवनबाट चाँडै सेवा प्रवाह गर्ने तयारी भइरहेको छ । भवनमा कर्मचारी तथा स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था गरिएको छ ।

    भवन निर्माणका निम्ति हर्कबहादुर गरबुजालगायत पाँच जना स्थानीयले पाँच रोपनी जग्गादान गरेका थिए ।


    प्रकाशित : शनिबार, भाद्र ७ २०८२१०:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार