
काठमाडौं । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिएका छन् ।
आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, सिंहदरबार, गृहमन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् ।
यसैबीच महान्यायाधिवक्ता कार्यालय, विशेष अदालत, जिल्ला अदालत काठमाडौँका मुद्दाका काजजात बाहिर निकालेरसमेत आगजनी गरिएको छ ।


