२०८३, कार्तिक ११ गते बुधबार

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए


  • मेरोभ्यूज
  • चैत्र २०, २०८२ शुक्रबार

  • नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

     

    नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् ।

    चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिए ।

    “गत वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका पक्षी भेटिएका छन्”, उनले भने, “गत वर्षकोभन्दा यस वर्ष चराको सङ्ख्या र प्रजाति वृद्धि भएको छ ।”

    चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको नारायणी नदी र आसपासको सिमसार क्षेत्रमा गत वर्षभन्दा बढी चरा फेला परेका छन् ।

    नारायणी नदी र आसपासका क्षेत्रमा विज्ञ समूहले गरेको चरा गणनाको एकीकृत तथ्याङ्कअनुसार यस वर्ष नारायणी क्षेत्रमा ४२ प्रजातिका १२ हजार आठ सय ८७ चरा भेटिएको संयोजक चौधरीले जानकारी दिए ।

    “सन् २०२४ मा ४१ प्रजातिका नौ हजार पाच सय ४८ र सन् २०२४ मा ४१ प्रजातिका दस हजार दुई सय ५७ चरा गणना गरिएको थियो”, उनले भने, “यस वर्ष विगत केही वर्षको तुलनामा थप एक प्रजातिको चरा भेटिएको छ भने सङ्ख्या धेरै देखिएको छ ।”

    नेपालमा नौ सय तीन प्रजातिका पक्षी सुचीकृत भएका छन् । तीमध्ये जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष उक्त प्रजाति फेला परेका संयोजक चौधरीले बताए ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा पाँच समूह बनाएर चरा गणना गरिएको थियो ।

    सिघ्रौलीबाट अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी पाँच समूहमा चरा गणना गरिएको हो ।

    गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या तीन हजार तीन सय ३९ ले बढेको प्रारम्भिक अनुमान गरिएको संयोजक चौधरीले जानकारी दिए ।

    उनका अनुसार साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा बढी सङ्ख्यामा खोया हाँस देखिएका छन् ।


    प्रकाशित : शुक्रबार, चैत्र २० २०८२०९:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार