२०८३, कार्तिक १२ गते बिहीबार

विदेशको अनुभव, स्वदेशमा उपयोग

विदेशको अनुभव, स्वदेशमा उपयोग


  • मेरोभ्यूज
  • कार्तिक १, २०८२ शनिबार

  • विदेशको अनुभव, स्वदेशमा उपयोग

     

    भोजपुर । वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाइ र सन्तुष्टी नपाएका यहाँ का युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका छन् ।

    विदेशको भोगाइ र अनुभवलाई सँगालेर थालेका व्यवसायबाट उनीहरूले मनग्य लाभ उठाइरहेका छन् ।

    टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका प्रेमबहादुर बस्नेत त्यसको एक उदाहरण हुन् । लामो समय विदेशका विभिन्न देशमा पसिना बगाए पनि सोचेजस्तो आम्दानी नभएपछि बस्नेत गाउँ फर्किएर व्यवसायमा जोडिएको छ ।

    अहिले गाउँमा नै बाख्रापालन तथा जडीबुटीखेतीबाट राम्रै आम्दानी भइरहेको उनले बताए । परिवारसँग बसेर गाउँमा गरिरहेको उद्यमबाट घरखर्च चलाउन कुनै समस्या नरहेको बस्नेतको भनाइ छ ।

    “विदेशमा धेरै दुःख गरेँ, तर आम्दानी भनेजस्तो भएन”, बस्नेतले भने, “अहिले आफ्नै गाउँमा बसेर बाख्रापालनसँगै जडीबुटीखेती गरिरहेको छु ।

    गाउँमा थालेको व्यवसायबाट विदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ ।

    मेहनत गरे यही राम्रो आम्दानी हुने रहेछ भन्ने अनुभूति भयो ।”

    विदेश जान चाहनेहरूका लागि गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यका साथ कृषि कर्ममा जुटिरहेको उनको भनाइ छ । व्यवसायमा निरन्तरता दिन सक्ने हो भने त्यसबाट क्रमिकरूपमा लाभ लिन सकिने उनले अनुभव सुनाए । “हामी छोटो समयमा धेरै लाभ लिन सोच लिन्छौँ”, उनले भने, “तर व्यवसायबाट आम्दानी लिन केही समय धैर्य राख्न सक्नुपर्छ । निरन्तर आफ्नो कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ ।”

    उद्यममा जोडिन चाहनेहरूले सम्बन्धित काममा ज्ञान र सिप अनिवार्यरूपमा लिनुपर्ने उनको अनुभव छ । कुनै पनि व्यवसाय गर्न न्यूनतम सिप आवश्यक हुने उनले बताए ।

    राज्यका तहहरूले कृषकलाई उद्यममा जोडिनुपूर्व आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

    हाल भोजपुरका विभिन्न ग्रामीण भेगमा विदेशबाट फर्किएका धेरै युवा व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित भइरहेका छन् ।

    तर उनीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान, तालिम तथा पशुचिकित्सकीय सेवाको अभाव झेल्नु परेको गुनासो गर्ने गरेका छन् ।

    राज्य तहबाट प्रदान हुने सेवाहरू सरल र पहुँचयोग्य भए गाउँमा नै बसेर राम्रो आम्दानी गर्न सकिने उनीहरुको भनाइ छ ।


    प्रकाशित : शनिबार, कार्तिक १ २०८२०९:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार