काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । आज बिहान एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो ।
एक सातादेखि विभिन्न कार्यक्रममा सहभागी भएका मन्त्री आलेमा संक्रमण देखिएकाे हाे । उनलाई रूघाखाेकी र ज्वराेकाे समस्या देखिएकाे छ । एन्टिजेन परीक्षण गर्दा पाेजेटिभ देखिएपछि उनले पिसिआर परीक्षण गराएका छन् । पिसिआर रिपार्ट साँझसम्म आउने आलेकाे सचिवालयले जनाएकाे छ ।
उनले हिजाे मात्रै बतास समूहले ठेक्का लिएकाे गाैशालास्थित पशुपति धर्मशाला र नारायणहिटी संग्रहालयकाे अवलाेकन गरेका थिए ।

