२०८३, कार्तिक ११ गते बुधबार

देउवा, प्रचण्ड र नेपाल भेट, भाेलि अपराह्न ४ बजे सत्ता गठबन्धनकाे बैठक बस्ने

देउवा, प्रचण्ड र नेपाल भेट, भाेलि अपराह्न ४ बजे सत्ता गठबन्धनकाे बैठक बस्ने


  • मेरोभ्यूज
  • माघ ६, २०७८ बिहीबार

  • देउवा, प्रचण्ड र नेपाल भेट, भाेलि अपराह्न ४ बजे  सत्ता गठबन्धनकाे बैठक बस्ने

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    भेटमा उनीहरूबीच आगामी राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह तथा सङ्घीय र प्रदेश तहको निर्वाचनका बारेमा छलफल भएको मल्लले बताए । उनका अनुसार निर्वाचनबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालबीच शुक्रबार अपराह्न ४ बजे सत्तारूढ गठबन्धन दलको बैठक बोलाउने सहमति भएको छ ।


    प्रकाशित : बिहीबार , माघ ६ २०७८०९:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार