२०८३, कार्तिक १२ गते बिहीबार

माओवादीको केन्द्रीय समिति बैठक अनिश्चित

माओवादीको केन्द्रीय समिति बैठक अनिश्चित


  • मेरोभ्यूज
  • माघ ७, २०७८ शुक्रबार

  • माओवादीको केन्द्रीय समिति बैठक अनिश्चित

    काठमाडौं । कोरोना संक्रमण तीव्र बनेपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ । गत महिना आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारीको टुंगो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो ।

    मुलुकभर कोरोना संक्रमण बढेका कारण शनिबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगन भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । कोरोना बढेसँगै सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गरेको छ । यस्तै आज रातिदेखि जोरविजोर प्रणाली लागू गरिएको छ ।

    यसअघि माओवादीको केन्द्रीय समिति बैठक गत पुस २५ गतेका लागि बोलाइएको थियो । केन्द्रीय कार्यालयका कर्मचारीलगायत नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक भोलिसम्मका लागि स्थगन गरिएको थियो । पुस अन्तिमसाता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेतलगायत एक दर्जनबढी नेता कोरोना संक्रमित भएका थिए ।

    महाधिवेशन सम्पन्न भएलगत्तै गत पुस १८ गते बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो । त्यसपछि बस्ने बैठकले पदाधिकारीको चयन गर्ने बताइएपनि कोरोनाका कारण बैठक स्थगन भएसँगै पदाधिकारी चयन अनिश्चित बनेको छ ।


    प्रकाशित : शुक्रबार, माघ ७ २०७८०२:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार