२०८३, कार्तिक १३ गते शुक्रबार

भिजिट भिसामा खाडी मुलुक जान रोक

भिजिट भिसामा खाडी मुलुक जान रोक


  • मेरोभ्यूज
  • माघ ७, २०७८ शुक्रबार

  • भिजिट भिसामा खाडी मुलुक जान रोक

    काठमाडौं । सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो । 

    यही माघ १० गतेदेखि ती मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । नेपाली युवायुवती भिजिट भिसामा खाडीका मुलुक र मलेसियामा पुगी विभिन्न गतिविधिमा संलग्न हुने गरेका छन् ।

    Visit_Visa.jpg

     


    प्रकाशित : शुक्रबार, माघ ७ २०७८०८:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार