२०८३, कार्तिक १४ गते शनिबार

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो


  • मेरोभ्यूज
  • आषाढ २३, २०८३ मंगलबार

  • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

     

    बागलुङ । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ ।

    किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो ।

    नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका किसानलाई हलो उपलब्ध गराइएको हो । हलो खरिद गर्न रु. २४ लाख खर्च भएको उपप्रमुख धनबहादुर कायतले जानकारी दिए ।

    ढोरपाटनका अधिकांश भागमा आलु, सिमीलगायत सागसब्जीखेती हुँदै आएको छ । अनुदानमा यान्त्रिक हलो पाएपछि किसान खुसी भएका छन् ।


    प्रकाशित : मंगलबार, आषाढ २३ २०८३०८:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार