
काठमाडौं । आगामी असार २७ मा हुन गइरहेको ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा प्रश्रय राजभण्डारीले अध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका छन् ।
बिहिबार क्षेत्रपाटीमा, काठमाडौंमा आयोजित घोषणा सभामा राजभण्डारीको तर्फबाट प्रथम उपाध्यक्ष पदमा कृष्ण थपलिया, द्वितीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ, तृतीय उपाध्यक्षमा रमेश थापा, महासचिवमा पुण्यराम लागिजु, सचिवमा प्रकाश थपलिया, कोषाध्यक्षमा रोशन अधिकारीले उम्मेदवार दिएका छन् भने सदस्यहरूमा कमल अर्याल, सोजेश मालाकार, नवीन तामाङ, पूर्णिमा मालाकार, लालबाबु चौधरी, गोविन्दकुमार श्रेष्ठ, मिरा अधिकारी र सोमै प्रसाद बानियाले उम्मेदवारी दिएका छन् ।
घोषणा सभामा अध्यक्ष पदका प्रत्याशी राजभण्डारीले नयाँ ठमेल निर्माणका लागि ठमेलको ऐतिहासिक सम्पदालाई सम्मान गर्दै आधुनिकी शहर प्रणालीहरू अँगाल्ने तथा बहुआयामिक पर्यटकीय परिस्थितिको प्रणालीमा रूपान्तरण गर्ने घोषणा घोषणा गरेका छन् ।
ठमेललाई सर्वाङ्गीण विकासका लागि साझा तथा समावेशी नेतृत्वलाई जोड दिने बताए भने ठमेलको समग्र आतिथ्य लगानी र व्यापारको सन्जाललाई आर्थिक भौगोलिक र प्रतिष्ठासम्बन्धीका लागि वाकालतसमेत गरिनेमा जोड दिने बताए ।
आफ्नो टिमले जितेको खण्डमा खोक्रो कुराभन्दा ठमेल विकासको अभियानमा सशक्त भूमिका निभाउनसमेत बताए ।
ठमेल क्षेत्रमा सुरक्षाको नीतिलाई सशक्त ढङ्गबाट अगाडि बढाउनेसमेत बताउँदै cctv ठमेलका हरेक कुनामा राखिने, सडकबत्ती जडान गरी उज्यालो ठमेल बनाउनेसमेत प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्थापन, सरसफाई, घरबेटी तथा व्यापारीको सम्बन्धलाई विश्वासको वातावरण सिर्जना गर्ने, डिजिटल नक्सालाई सञ्चालनमा ल्याउने, डिजिटल आर्थिक प्रणाली विकास गरिने, विभिन्न सङ्घ/संस्थाहरूसँग मिलेर ठमेल विकासमा सशक्त भएर लाग्नेसमेत दाबी गरे ।
साथै उनले युवाहरूलाई नेतृत्वमा पुर्याउनसमेत आफ्ना मतदाताहरूलाई अपिल गरे ।
राजभण्डारी समूहको घोषणा सभामा पूर्वमन्त्री दिपक मनाङ्गे, पर्यटन व्यवसायीहरू, विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी अध्यक्षका अर्का प्रत्याशी राजुमान डङ्गोलले पनि आफूले परिषद्को अध्यक्ष पदका लागि उम्मेदवारी दिएको घोषणा गरेका छन् ।

नयाँ बजार काठमाडौंमा आयोजना गरिएको डङ्गोल समूहका तर्फबाट प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ तामाङ, तृतीय उपाध्यक्षमा चेतनाथ पुडासैनी, महासचिवमा पशुपति कँडेल, सचिवमा दिलीप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटियाले उम्मेदवारी दिएककी छिन भने सदस्य पदका लागि सुरेन्द्र डङ्गोल, सानुकाजी महर्जन, बालकृष्ण खनाल, रोशन प्रधान, विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाइँ तथा चन्द्रा तामाङले उम्मेदवारी दिएकी छिन ।
आयोजित घोषणा सभामा अध्यक्षका प्रत्याशी डङ्गोलले आफ्नो टिमले जितेको खण्डमा ठमेलको समग्र विकासको लागि सुरक्षित स्वच्छ र व्यवस्थित ठमेल बनाउने, पर्यटन प्रवर्द्धन र अन्तरराष्ट्रिय पहुँच बढाउने, डिजिटल ठमेल अभियान सञ्चालन गर्ने, स्थानीय , प्रादेशिक र संघीय तहसँग सहकार्य नीति अगाडि बढाउने, दिगो र वातावरण मैत्री पर्यटन विस्तार गर्ने, संकट व्यवस्थापन र व्यवसायमा सहयोग गर्ने, युवा महिला र नयाँ पुस्ताकाहरु सहभागिता गराउने, पारदर्शी उत्तरदायी र सहभागी संस्थागत प्रणाली विकास गर्ने, ठमेलको आगामी मार्गचित्र तयार गर्ने, सुशासन पारदर्शी र सबल संस्था निर्माणको अभियानलाइ जोड दिने, विश्वस्तरीय पर्यटन गन्तव्यको रुपमा ठमेलका अन्तरराष्ट्रिय पहिचान बढाउने, समृद्ध व्यवसाय लगानी प्रवर्धन र व्यवसाय मैत्री वातावरण सिर्जना गर्ने, हरित स्मार्ट र दिगो ठमेल बनाउने, एकताबद्ध ठमेल समुदाय निर्माण गर्ने, साझा दृष्टि निर्माण गरी समग्र ठमेलको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
डङ्गोल समूहको घोषणा सभामा वरिष्ठ पत्रकार ऋषि धमला, जनप्रतिनिधि, पर्यटन व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।

साथै आगामी २७ को निर्वाचन नयाँबजार मल्टिभेन्यु नयाँबजार, काठमाडौंमा हुने भएको छ ।

