२०८३, कार्तिक १४ गते शनिबार

बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता

बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता


  • मेरोभ्यूज
  • श्रावण ९, २०८३ शनिबार

  • बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता

     

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी-झिङ्गे सडकखण्डमा पर्ने रतन खोलामा बेलीब्रिज निर्माण गरिएको छ ।

    उक्त पुल निर्माणपछि छिमेकी जिल्ला ललितपुरको महाङ्काल गाउँपालिकालाई आवागमनमा सहजता भएको हो । बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा रु १ करोड ७० लाखमा उक्त पुल तयार भएको हो ।

    विशेषगरी वर्षामा रतन खोला हुँदै आवतजावत गर्न समस्या हुने गरेकामा पुल बनेसँगै सुकुमफेदी, च्याम्राङबेँसी, झिङ्गे र खानीखोला तथा महाङ्कालका नागरिकसमेत लाभान्वित भएका बेथानचोक-१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार वि.सं. २०८१ को असोजमा आएको बाढीपहिरोका कारण झिङ्गेसहित बस्तीमा जान थप समस्या भएपछि पुल निर्माणमा पहल गरिएको हो ।

    गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले उक्त पुल निर्माणले काभ्रेपलाञ्चोक र ललितपुरका नागरिकलाई ठूलो राहत पुगेको बताए । “गाउँपालिकाले सडक, पुल, खानेपानी, शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको छ,” उनले भने ।

    वडा नं १ झिङ्गेका गोपालकृष्ण सापकोटाले पुल निर्माणसँगै यातायात पहुँचमा सुधार आएको, कृषि उत्पादनको बजारीकरण तथा शिक्षा, स्वास्थ्य र अन्य सेवा प्राप्त गर्न नागरिकलाई सुविधा पुगेको बताए । उनले ठूला पुल निर्माण गर्न नसके बेलीब्रिज निर्माण गरी नागरिकलाई सुविधा दिन स्थानीय सरकारलाई सुझावसमेत दिए ।

    -----


    प्रकाशित : शनिबार, श्रावण ९ २०८३१०:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार