२०८३, कार्तिक १४ गते शनिबार

हुम्लाको स्याँडामा गाडी

हुम्लाको स्याँडामा गाडी


  • मेरोभ्यूज
  • श्रावण ११, २०८३ सोमबार

  • हुम्लाको स्याँडामा गाडी

     

    हुम्ला । स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ ।

    गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्याँडा–याङ्गु सडक निर्माणमा रु १ करोड १२ लाख बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको हो । यसअघि सिमकोटका सातवटै वडामा यातायातका साधन पुगिसकेका छन् ।

    दुर्गम गाउँमा पहिलोपटक यातायात सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । गाउँसम्म गाडी पुगेका दिन स्थानीयले फूलमाला, बाजागाजा र स्वागत कार्यक्रमको आयोजना गरेका थिए ।

    स्याँडा सडक सञ्चालनमा आएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू ढुवानी गर्न सहज भएको वडाध्यक्ष कमल बुढाले बताए ।

    गाउँमा गाडी पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार–व्यवसायका क्षेत्रमा थप सम्भावना सृजना हुने विश्वास गरिएको छ ।

    -----


    प्रकाशित : सोमबार, श्रावण ११ २०८३०९:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार