२०८३, कार्तिक १३ गते शुक्रबार

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनर्निर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनर्निर्माण


  • मेरोभ्यूज
  • श्रावण १९, २०८३ मंगलबार

  • सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनर्निर्माण

     

    महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको पक्की पुलसँगै बनेको ड्याम (गाइडबण्ड) पुनर्निर्माण सम्पन्न भएको छ ।

    यहाँस्थित श्री नं २५ बाहिनी अड्डाको संयोजन र सुदूरपश्चिम पृतनाको सहयोगमा ४०० भन्दा बढी सेना परिचालन गरी ३५० मिटर ड्याम मर्मत तथा पुनर्निर्माण गरिएको हो ।

    पुलको उत्तरतर्फको ड्यामको ३५० मिटर भाग पुनर्निर्माण गरी सम्भावित विपद् क्षति न्यूनीकरणमा सहयोग पुर्‍याएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।

    पुनर्निर्माणका लागि निर्माण सामग्री र प्राविधिक सहयोग सडक डिभिजनले गरेको थियो ।

    त्यसैगरी महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि हाल १५० सेना तयारी अवस्थामा रहेको पृतनाले जनाएको छ ।

    सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले महाकाली नदीमा ड्याम पुनर्निर्माणको सेनालाई दिइएको जिम्मेवारी पूरा गरेको जानकारी दिए ।

    “नदीमा जलस्तर बढ्नुअघि नै ड्याम पुनर्निर्माणका लागि दिइएको जिम्मेवारी अहिलेलाई पूरा गरिएको छ,” उनले भने, “बाढी आएर हुनसक्ने सम्भावित क्षति न्यूनीकरणमा खटिन सेना अझै त्यहाँ तयारी अवस्थामा राखिएको छ ।”

    आसन्न मनसुनबाट महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित विपद् टार्न गत वर्ष पनि सो ड्याम निर्माणमा काम गरिएको थियो ।

    -----


    प्रकाशित : मंगलबार, श्रावण १९ २०८३१०:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार