२०८३, कार्तिक १४ गते शनिबार

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन २० गतेको बैठकका मुख्य निर्णयहरू

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन २० गतेको बैठकका मुख्य निर्णयहरू


  • मेरोभ्यूज
  • श्रावण २०, २०८३ बुधबार

  • नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन २० गतेको बैठकका मुख्य निर्णयहरू

    नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन २० गतेको बैठकका मुख्य निर्णयहरू

    काठमाडौँ ।

    १. तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने ।

    २. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङकी उक्याव, काठमाडौंलाई नियुक्ति गर्ने ।

    ३. नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।

    ४. पशु वधशाला र मासु जाँच ऐन, २०५५ चरणवद्ध रूपमा नेपाल राज्यभर लागु गर्ने ।

    ५. बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने ।

    ६. विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर के. सी., पर्वत र सचिव पदमा प्रा. डा. रोजी श्रेष्ठ, भोजपुरलाई नियुक्ति गर्ने ।

    ७. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने ।


    प्रकाशित : बुधबार, श्रावण २० २०८३१०:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार