२०८३, कार्तिक १२ गते बिहीबार

प्रसूति गृह र सामुदायिक भवन निर्माण

प्रसूति गृह र सामुदायिक भवन निर्माण


  • मेरोभ्यूज
  • श्रावण २२, २०८३ शुक्रबार

  • प्रसूति गृह र सामुदायिक भवन निर्माण

     

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन निर्माण गरिएका छन् ।

    निलगिरिखोला जलविद्युत आयोजनाको रु. ६८ लाख ४९ हजार सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा प्रसूति गृह र बाँसबोटमा सामुदायिक भवन निर्माण गरिएको हो ।

    अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले ३८ मेगावाट क्षमताको निलगिरी–१ र ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत आयोजनाको प्रवर्द्धक निलगिरि खोला हाइड्रोपावरले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत भवन निर्माणमा सहयोग गरेको बताए ।

    चारकोठे दुई तले प्रसूति गृह भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री र उपकरण व्यवस्थापन गरेर प्रसूति गृह सञ्चालन गरेको छ ।

    बाँसबोटमा निर्माण भएको सभाहलसहितको दुई तले भवनमा भेला, बैठक, तालिम, गोष्ठीका साथै भोजभतेर र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज भएको स्थानीय तम चोचाङ्गीले बताए ।

    बाँसबोटको भवन निर्माणका लागि स्थानीय डिलमाया तिलिजाले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएकी थिइन् ।

    आयोजनाले वडा कार्यालयको सिफारिस र प्रभावित क्षेत्रका बासिन्दाको मागअनुसार अन्य स्थानीय विकास निर्माण तथा सामाजिक क्षेत्रमा पनि सहयोग गरिरहेको जनाएको छ ।


    प्रकाशित : शुक्रबार, श्रावण २२ २०८३०९:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार