२०८३, कार्तिक १२ गते बिहीबार

राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने

राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने


  • रासस
  • माघ ९, २०७८ आइतबार

  • राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन गरेको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।

    पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा आज बसेको बैठकले पार्टीको विधानमा उल्लेखित झन्डाको मध्य भागमा गाई भएको भन्ने वाक्यांश हटाई अनुसूचीमा उल्लेख गर्न आयोगले दिएको पत्र संविधानको भावना र मर्म विपरीत रहेको ठहर गरेको नेता सुन्दर पाण्डेले जानकारी दिए ।

    पार्टीले उपयुक्त समयमा आयोगको पत्रको जवाफ दिने जनाइएको छ । त्यसैगरी, आयोगले सनातन हिन्दूराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्र संविधान प्रतिकूल रहेकाले संविधानको धारा, २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनकूल हुने गरी उल्लेख गर्न पत्र जारी गरेको छ । 


    प्रकाशित : आइतबार, माघ ९ २०७८०९:००
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार