२०८३, कार्तिक १३ गते शुक्रबार

पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर

पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर


  • मेरोभ्यूज
  • श्रावण २४, २०८३ आइतबार

  • पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर


    काठमाडौँ । कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौँ पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    नेपालमा आधुनिक र प्रविधियुक्त सार्वजनिक यातायात पोडवे निर्माणसम्बन्धी सम्झौतापत्रमा कम्पनीका उपाध्यक्ष निल भट्टराई र प्राधिकरणका कार्यकारी प्रमुख सरोज कोइरालाले हस्ताक्षर गरे ।

    निजी क्षेत्रको लगानीमा निर्माण हुने उक्त परियोजनाअन्तर्गत पहिलो चरणमा रानी भन्सारदेखि विराटनगर बसपार्कसम्मको सात किलोमिटर दूरीमा नमूना पोडवे निर्माण गरिनेछ ।

    दोस्रो चरणमा पर्यटकीय स्थल भेडेटारसम्म जोड्ने दीर्घकालीन लक्ष्य राखिएको छ ।

    राष्ट्रिय यातायात नीति तथा सम्बन्धित कानुनी संरचनाभित्र रहेर निर्माण हुने उक्त परियोजना उच्च प्रविधिको एआई र अत्याधुनिक प्रविधिमा आधारित हुनेछ ।

    सडकको सवारी चाप र प्रदूषणलाई शून्यमा झार्दै सुरक्षित, द्रुत र वातावरणमैत्री यात्रा गराउन त्यो प्रविधि र सेवा प्रभावकारी मानिने विज्ञहरूको भनाइ छ ।

    नेपालमा निजी लगानीमा त्यति ठूलो र अत्याधुनिक सार्वजनिक यातायातको पूर्वाधार बन्नु आफैँमा ठूलो सम्भावना र हर्षको विषय भएको उपाध्यक्ष भट्टराईको भनाइ छ ।

    उक्त सम्झौतासँगै नेपालले पनि विश्वस्तरीय आधुनिक यातायात प्रविधिलाई भित्र्याउँदै सार्वजनिक यातायातको सञ्जाल विस्तारमा एक नयाँ अध्यायको सुरुवात गरेको छ ।

    -----


    प्रकाशित : आइतबार, श्रावण २४ २०८३०९:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार