२०८३, कार्तिक १३ गते शुक्रबार

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा


  • मेरोभ्यूज
  • श्रावण २६, २०८३ मंगलबार

  • दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

     

    बागमती । पोखराको लेकसाइडस्थित खहरे साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची-महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा आइपुगेका छन् ।

    यही अगस्ट १ तारिख (साउन १६ गते) देखि काँकडभित्ताबाट साइकल यात्रा सुरु गरेका उनीहरू यात्राको सातौँ दिन हेटौँडा आइपुगेका हुन् । आफूहरू आजै चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी दिए ।

    हेटौँडा आइपुगेका उनीहरूलाई हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरसहित सोसाइटीका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका छन् ।

    आफू पनि बाल्यावस्थादेखि साइकल यात्रा गर्ने गरेको अनुभव सुनाउँदै ३७ वर्षीय साइमनले १० वर्षीय छोरा ग्रावियलको मेची-महाकाली साइकल यात्रा गर्ने इच्छाअनुसार यात्रामा निस्किएको जानकारी दिए ।

    छोरा ग्रावियल पोखरास्थित शुभकामना विद्यालयमा कक्षा ४ मा पढ्दै छन् ।

    साइकल यात्रा यति नै दिनमा पूरा गर्ने भन्ने नभए पनि करिब १५ देखि २० दिनमा यात्रा पूरा गर्ने उनले बताए ।

    -----


    प्रकाशित : मंगलबार, श्रावण २६ २०८३०९:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार