२०८३, कार्तिक १३ गते शुक्रबार

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन


  • मेरोभ्यूज
  • श्रावण २६, २०८३ मंगलबार

  • गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन

     

    काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन गरिरहेको छ ।

    केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ । सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण जारी छ ।

    काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उनले बताए ।

    प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै उनले त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए ।

    बालुवा, इँटा, मरेका जनावरलगायत फोहोर प्रशोधन गर्न कठिन हुने गरेको छ । ढलको फोहोर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा उक्त समस्या भएको उनको कथन छ ।

    -----


    प्रकाशित : मंगलबार, श्रावण २६ २०८३०९:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार