२०८३, कार्तिक १३ गते शुक्रबार

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ


  • मेरोभ्यूज
  • श्रावण २६, २०८३ मंगलबार

  • विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

     

    काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ गरिएको छ ।

    यही साउन २८ गतेदेखि स्वयम्भूमा लाग्ने एक महिने मेलालाई व्यवस्थित बनाउन स्वयम्भूमा तथा त्यस आसपासको क्षेत्रमा सरसफाइ गरिएको हो ।

    स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रममा स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा त्यस आसपासका क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको हो ।

    मन्दिर तथा देवीदेवतालाई समेत विधिपूर्वक सफा गरिएको छ ।

    काठमाडौँ महानगरपालिका–१५, स्वयम्भूनाथ मन्दिर क्षेत्रलाई प्लास्टिकजन्य वस्तुमुक्त बनाउन तथा पर्यावरण संरक्षण गरी त्यस क्षेत्रमा स्वच्छ र सफा वातावरण विकासका लागि पहल गरिरहेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए ।

    चैत्य तथा वरपरको क्षेत्र फोहोरमैलाले दिनदिनै कुरुप बन्दै गएकाले सरसफाइका साथै रङरोगन र सडकबत्ती जडान गर्न लागिएको महासमितिले जनाएको छ ।

    वातावरणीय प्रभाव नपर्ने गरी त्यस क्षेत्रमा सङ्कलित फोहोर व्यवस्थापन गरिनेछ ।

    मेला अवधिभर सम्पदा क्षेत्रका विभिन्न स्थानमा आवश्यकताअनुसार डस्टबिन तथा सन्देशमूलक सूचना पाटीहरू राखिनेछन् ।

    महासमितिले सम्पदा संरक्षण, बुद्धजयन्ती, स्थानीय जात्रा पर्व तथा मेला व्यवस्थापनलगायत नियमित तथा विशेष पूजा गर्न आवश्यक सहयोग गर्ने गरेको जनाइएको छ ।

    -----


    प्रकाशित : मंगलबार, श्रावण २६ २०८३०९:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार