२०८३, कार्तिक १३ गते शुक्रबार

विराटनगरबाट शुरु भयो ‘शिक्षा संवाद’

विराटनगरबाट शुरु भयो ‘शिक्षा संवाद’


  • मेरोभ्यूज
  • भाद्र ८, २०८३ सोमबार

  • विराटनगरबाट शुरु भयो ‘शिक्षा संवाद’

     

    विराटनगर । शिक्षा तथा खेलकूद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले शुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।

    आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकलगायत शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

    कार्यक्रममा शिक्षाविद्  डा. विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा मन्त्रालयका सहसचिव एवं विद्यालय शिक्षा महाशाखाका प्रमुख शिव सापकोटालगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रममा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शिक्षा नीति दीर्घकालीन प्रभाव पार्ने विषय भएकाले कम्तीमा २५–३० वर्षसम्म काम गर्ने गरी दूरदर्शी शिक्षा नीति निर्माण गर्नुपर्ने बताए ।

    उनले शिक्षा ऐन निर्माणअघि नै देशभरका शिक्षा सरोकारवालाको आवाज सुन्न आवश्यक रहेकाले सातै प्रदेशमा पुगेर स्थानीय सरोकारवालासँग संवाद शुरु गरिएको बताए ।

    विराटनगरबाट शुरु भएको ‘शिक्षा संवाद’ अभियानको जनकपुरमा कार्यक्रम भएकोछ । अभियानअन्तर्गत सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद हुनेछ ।


    प्रकाशित : सोमबार, भाद्र ८ २०८३०९:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार