२०८३, कार्तिक १३ गते शुक्रबार

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व


  • मेरोभ्यूज
  • भाद्र ८, २०८३ सोमबार

  • आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

     

    काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।

    आर्थिक वर्षको पहिलो ३४औँ दिनमा  सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ ।

    यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत र अन्य तर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ ।

    सरकारले आर्थिक वर्ष २०८३/०८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'मिसन १६ खर्ब' नाम दिएको छ ।

    राजस्व चुहावट रोकेर 'मिसन मोड'मा राजस्वको उच्च लक्ष्य हासिल गर्ने उद्देश्यसहित अर्थ मन्त्रालय मातहतका निकायहरूलाई काम गर्न उनले निर्देशन दिँदै आएको छ ।

    गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको लक्ष्य गत वर्षको कुल संकलनभन्दा तीन सय ३१ अर्बले बढी हो ।


    प्रकाशित : सोमबार, भाद्र ८ २०८३०९:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार