२०८३, कार्तिक १३ गते शुक्रबार

बाढी अपडेट

बाढी अपडेट


  • मेरोभ्यूज
  • भाद्र १०, २०८३ बुधबार

  • बाढी अपडेट

     

    काठमाडौँ । भोटेकोशी नदी रसुवामा आज बिहान आएको बाढीबाट प्रभावितहरुको उद्धार, खोज र राहतलाई तीव्र बनाइएको छ । हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट छ जना, मैलुङबाट दुई जना र धुन्चेबाट चार जना गरी १२ जनाको उद्धार भइसकेको छ ।

    बाढीबाट घाइतेहरुको उपचारका लागि काठमाडौँस्थित विभिन्न अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, स्काउट, लायन्सलगायतका संघ/संस्थासँग आवश्यक समन्वय भइरहेको छ । वीर अस्पताल र ट्रमा सेन्टरमा एक सयवटा शय्या घाइतेका लागि छुट्याइएको छ ।

    प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट छ जना डाक्टर र दुई जना नर्स प्रस्थान गरिसक्नुभएको छ । स्काउटबाट पाँच जना डाक्टर र नौ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा जाने तयारीमा हुनुहुन्छ । स्वास्थ्य सेवा विभागले प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि आवश्यक औषधि पठाउने तयारी भइरहेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले प्रभावित क्षेत्रमा एक हजार जनालाई पुग्ने गरी आधारभूत औषधि र २४ स्वायर फिटका १५ वटा टेन्ट पनि पठाउने तयारी गरिसकेको छ ।

    प्रभावितहरुको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ ।

    प्रभावितलाई लक्षित गरी काठमाडौँ, नुवाकोट र धादिङमा खाद्यान्न व्यवस्थापन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ । हाल नेपाल टेलिकम र एनसेलले प्रभावितका लागि निःशुल्क डाटा, भ्वाइस र एसएमएस सेवा उपलब्ध गराएका छन् ।

    आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५ मा सम्पर्क गर्न सकिन्छ ।


    प्रकाशित : बुधबार, भाद्र १० २०८३१०:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार