२०८३, कार्तिक १३ गते शुक्रबार

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड नौ लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड नौ लाख सहयोग


  • मेरोभ्यूज
  • भाद्र १८, २०८३ बिहीबार

  • प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड नौ लाख सहयोग

     

    काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड नौ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो ।

    व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया हुन । राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेको थियो ।

    सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नैतर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरेका थिए । राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गरेको छ ।

    अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा सो रकम बराबरको सहयोग गर्ने प्रतिबद्धता उनले गरेको बस्नेतले जानकारी दिए ।


    प्रकाशित : बिहीबार , भाद्र १८ २०८३०९:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार