२०८३, कार्तिक ११ गते बुधबार

काठमाडाैं ओर्लेलगत्तै नेता पुनले भने - महासचिवमा मेरो स्वाभाविक दाबी छ

काठमाडाैं ओर्लेलगत्तै नेता पुनले भने - महासचिवमा मेरो स्वाभाविक दाबी छ


  • मेरोभ्यूज
  • माघ १०, २०७८ सोमबार

  • काठमाडाैं ओर्लेलगत्तै नेता पुनले भने - महासचिवमा मेरो स्वाभाविक दाबी छ

    काठमाडाैं । नेकपा (माओवादी केन्द)का नेता वर्षमान पुनले पार्टी महासचिवमा आफनो दाबी स्वभाविक भएको बताएका छन् । चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको टिप्पणी गरे ।

    नेता पुनले भने, “सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वासछ, पार्टीले सहमतिमै टुङगो लगाउनेछ ।” एक प्रश्नको जवाफमा नेता पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए तापनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताए ।

    पूर्वमन्त्री पुनले भने,“प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि लोकतान्त्रिक प्रक्रियालाई अवरोध गरिरहेकोछ, जिम्मेवार राजनीतिक दलकारुपमा त्यसमा उसले पुनः विचार गरोस् । लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने काम अन्त्य गरोस् ।” नेता पुनले आफू पूर्णरुपमा स्वस्थ्य भएको बताउँदै आफनो स्वास्थ्यलाभको कामना गरी चासो व्यक्त गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् । 


    प्रकाशित : सोमबार, माघ १० २०७८०९:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार